सलमान खानको अर्को फिल्म पनि फ्लप
नयाँ दिल्ली । यतिबेला बलिउड अभिनेता सलमान खानको २ वटा फिल्म सिनेमा हलमा चलिरहेका छन् । एउटा उनकै मुख्य भूमिका रहेको टाइगर ३ हो भने अर्को उनको भान्जी अलीजेह अभिनित फर्रे । यी दुवै फिल्म सलमान खानकै फिल्म ब्यानरमा बनेका हुन् ।
सलमान खानको बहुप्रतिक्षित फिल्म टाइगर ३ रिलिज भएको १५ दिन भयो ।
समाचारअनुसार शुक्रवार फिल्मले साढे ३ करोड रुपैयाँ भारु मात्रै कमाउन सक्यो । शनिवारको कमाई ६ करोड ६० लाख भारु थियो । १४ दिनको कारोबारमा फिल्मले भारतमा जम्मा २ अर्ब ६५ करोड ५४ लाख भारु कमायो । यो कमाई फिल्मको बजेट भन्दा पनि कम हो । टाइगर ३ को बजेट ३ अर्ब भारु थियो । संसारभर भने यसको कमाई ४ अर्ब ५० करोडभन्दा केही बढी छ ।
फर्रेको अवस्था पनि खासै राम्रो छैन । फर्रेमार्फत अलीजेह अग्निहोत्रीले बलिउडमा डेब्यू गरेकी छिन् । यो फिल्म नोभेम्बर २४ मा रिलिज भएको थियो । फिल्मले २ दिनमा जम्मा १ करोड ६० लाख भारु कमायो । ओपनिङ डेमा फिल्मको कलेक्सन ५० लाख भारु थियो ।
टाइगर ३ र फर्रेको कलेक्सन हेर्दा अघिल्लो हप्तासम्म यी दुवै फिल्म हलबाट हट्ने सम्भावना बढेको छ । डिसेम्बर १ मा रणवीर कपुर र बबी देओलको एनिमल पनि रिलिज हुँदै छ । यो फिल्म आएपछि सलमानको यो दुई फिल्मको बक्स अफिस कलेक्सन थप कमजोर हुने अड्कलबाजी यतिबेला भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण