सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा सुधार : ४७ अंकले बढेको बजारमा भयो २ अर्बको कारोबार

आइतबार, १० मङ्सिर २०८०, १५ : २६
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण फर्किएको छ । लामो समयसम्म प्रायः मौन रहेको बजारमा आइतबार एकाएक उत्साह फर्किएको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४७.७५ अंकले बढ्दै १९ सय ७.९५ अंकमा उक्लिएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढ्दै ३६४.८१ अंकमा उक्लिएको छ । 

आज १३ वटै उपसूचकमा आकर्षक वृद्धि हुँदै हरियाली छाएको छ । जीवन बीमा समूहको उपसूचक आज सबैभन्दा बढी ४.४४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फाइनान्स समूहको उपसूचक ३.९१ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ३.५८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१६ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ३.०६ प्रतिशतले बढेको छ । अन्य बाँकी सबै उपसूचकहरू १ प्रतिशतमाथिले बढेका छन् । 

४७ अंकमाथिले नेप्से सूचक बढेको बजारमा यस दिन २ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

यो लामो समयको अन्तरापछिको उच्च कारोबार हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप