नेप्सेमा सुधार : ४७ अंकले बढेको बजारमा भयो २ अर्बको कारोबार
काठमाडौँ । सेयर बजारमा लगानीकर्ताहरुको आकर्षण फर्किएको छ । लामो समयसम्म प्रायः मौन रहेको बजारमा आइतबार एकाएक उत्साह फर्किएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ४७.७५ अंकले बढ्दै १९ सय ७.९५ अंकमा उक्लिएको छ । आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.८३ अंकले बढ्दै ३६४.८१ अंकमा उक्लिएको छ ।
आज १३ वटै उपसूचकमा आकर्षक वृद्धि हुँदै हरियाली छाएको छ । जीवन बीमा समूहको उपसूचक आज सबैभन्दा बढी ४.४४ प्रतिशतले वृद्धि भएको छ । यसैगरी फाइनान्स समूहको उपसूचक ३.९१ प्रतिशतले बढेको छ भने ट्रेडिङ समूहको उपसूचक ३.५८ प्रतिशतले, म्यानु एण्ड प्रो समूहको उपसूचक ३.१६ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक ३.०६ प्रतिशतले बढेको छ । अन्य बाँकी सबै उपसूचकहरू १ प्रतिशतमाथिले बढेका छन् ।
४७ अंकमाथिले नेप्से सूचक बढेको बजारमा यस दिन २ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
यो लामो समयको अन्तरापछिको उच्च कारोबार हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण