लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउन मिल्दैन : सभापति पुन
बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा जनतालाई भार पार्ने गरी मन्त्रालय विस्तार गर्न नमिल्ने बताएका छन् । उनले प्रदेशमा हाल रहेका मन्त्रालय नै उपयुक्त भएकाले मन्त्रालय फुटाएर नयाँ विस्तार गर्न नमिल्ने बताए ।
नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा राखेको पत्रकार भेटघाटमा बोल्दै सभापति पुनले प्रदेशमा हाल कायम रहेका मन्त्रालयहरू भन्दा बढी बनाउन नमिल्ने नीतिगत निर्णय पार्टीले गरिसकेको बताए ।
उनले अहिले मूलकको अर्थतन्त्र कमजोर भएको बेलामा प्रदेशमा मन्त्रालय थप्ने र मन्त्रीहरू थप्ने गर्दा जनतामा नराम्रो सन्देश जाने बताए ।
लुम्बिनी प्रदेशमा मुख्यमन्त्री सहित १० मन्त्रालय रहेका छन् । काँग्रेसको नेतृत्वमा सरकार रहे पनि सत्तारुढ दलहरूको बिच भएको सहमति अनुसार काँग्रेस र माओवादीबाट थप मन्त्रीहरू बन्न बाँकी रहेका छन् ।
लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ । सहमति अनुसार माओवादीले थप दुई र काँग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी तीन मन्त्रालय मात्रै छ । जसले गर्दा भागबन्डा पुराउनको दुई मन्त्रालय थप्नुपर्ने हुन्छ ।
सभापति पुनले मन्त्रालय विभाजन नगरी बाँकी रहेका मन्त्रलायहरुलाई पूर्णता दिने काम बुटवलमा मङ्सिर १६ र १७ राखिएको नेपाली काँग्रेसको प्रदेश स्तरीय भेलापछि हुने बताए ।
हाल लुम्बिनी प्रदेश सरकारमा काँग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक÷एक जना मन्त्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण