ताप्लेजुङमा एमाले सचिव भट्टराई सवार गाडी तोडफोड
आइतबार, १० मङ्सिर २०८०, १७ : ४८
काठमाडौँ । नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ ।
आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको साहयक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले जानकारी दिए । उनका अनुसार ढुङ्गा लागेर भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडी कुच्चिएको छ ।
आक्रमणपछि भट्टराईलाई कडा सुरक्षासहित स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ । ढुंगामुढा प्रहार गर्नेहरू पहिचानवादी भएकाले उनीहरूको नाम समेत जानकारीमा आएकाले उनीहरू पक्राउ पर्ने साहयक प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण