चितवनमा ‘बाआमा स्वास्थ्य कार्यक्रम’ सुरु
चितवन । चितवनकाे खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले आज खैरहनी नगरपालिका–१३ कुमरोजमा आयोजित एक कार्यक्रमको उद्घाटन गरेका हुन् ।
नगरप्रमुख खनियाले नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर कम्तीमा चार महिनामा एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । नगरवासी ज्येष्ठ नागरिकको सम्मानित र गुणस्तरीय जीवन सुनिश्चितताका लागि स्वास्थ्य परीक्षण निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक मञ्च गठन, ज्येष्ठ नागरिकका लागि सुरक्षित आश्रमस्थल निर्माण गर्नेलगायत काम गरिरहेको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा बाआमा स्वास्थ्य कार्यक्रमले योगदान गर्ने बताउँदै आगामी दिनमा यस कार्यक्रमको दायर थप विस्तार गर्दै लैजाने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण