अफगानिस्तानमा सडक दुर्घटना हुँदा चार जनाको मृत्यु
आइतबार, १० मङ्सिर २०८०, १८ : ३४
मेयमाना । उत्तरी अफगानिस्तानको फरयाब प्रान्तमा आइतबार एउटा कार सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
उक्त घटनामा अन्य छ जना घाइते भएका प्रान्तीय सूचना तथा संस्कृति निर्देशक शमसुदिन मोहम्मदीले जानकारी दिए ।
बुल्चेराग जिल्लामा मध्याह्नतिर भएको उक्त दुर्घटनामा दुई बालबालिकासहित चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन बालबालिका र एक महिलासहित अन्य छ जना घाइते भएका थिए ।
उक्त जिल्लामा शुक्रबार पनि दुई वटा सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको थियो ।
अफगानिस्तानको खराब सडक अवस्था, भीडभाड हुने सडकमा यात्रा गर्दा सुरक्षाका उपायको अभाव, सवारी साधनको अस्तव्यस्तता र लापरबाहीपूर्वक सवारी चलाउनुलाई अफगानिस्तानको सडक दुर्घटनाका लागि जिम्मेवार ठहर्याइने गरेको छ ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण