गारनाचोको शानदार गोलमा युनाइटेड विजयी

लण्डन । अलेहान्द्रो गारनाचोले सिजनको उत्कृष्ट गोलको दाबेदारमा पर्ने शानदार गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जीत हासिल गरेको छ । आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा युनाइटेड ३–० गोलले विजयी बनेको हो ।
गारनाचोले खेलको तेस्रो मिनेटमा नै बाइसाइकल किकमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५६ औँ मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । ७५ औँ मिनेटमा आफ्नो गोलको खडेरी अन्त्य गर्दै एन्टोनी मार्सियालले तेस्रो गोल गरे ।
जीतपछि युनाइटेड २४ अङ्कसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ । उता १० अङ्क घटाएर कारबाही भोगेको एभर्टन ४ अङ्कसहित रेलिगेसन जोनमा छ ।
आइतबार नै भएका अन्य खेलमा गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लाले टोटनह्याम हटस्पर्सलाई २–१ गोलले हरायो । योसँगै भिल्लाले स्पर्सलाई दुई अङ्कले उछिन्दै लिगको चौथो स्थानमा पुगेको छ । स्पर्स २६ अङ्कसहित पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर