गारनाचोको शानदार गोलमा युनाइटेड विजयी
लण्डन । अलेहान्द्रो गारनाचोले सिजनको उत्कृष्ट गोलको दाबेदारमा पर्ने शानदार गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि सहज जीत हासिल गरेको छ । आइतबार प्रिमियर लिग अन्तरगतको खेलमा युनाइटेड ३–० गोलले विजयी बनेको हो ।
गारनाचोले खेलको तेस्रो मिनेटमा नै बाइसाइकल किकमार्फत गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको ५६ औँ मिनेटमा मार्कस रासफोर्डले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर बनाए । ७५ औँ मिनेटमा आफ्नो गोलको खडेरी अन्त्य गर्दै एन्टोनी मार्सियालले तेस्रो गोल गरे ।
जीतपछि युनाइटेड २४ अङ्कसहित लिगको छैटौँ स्थानमा उक्लिएको छ । उता १० अङ्क घटाएर कारबाही भोगेको एभर्टन ४ अङ्कसहित रेलिगेसन जोनमा छ ।
आइतबार नै भएका अन्य खेलमा गोलले पछि परेको स्थिति उल्टाउँदै एस्टन भिल्लाले टोटनह्याम हटस्पर्सलाई २–१ गोलले हरायो । योसँगै भिल्लाले स्पर्सलाई दुई अङ्कले उछिन्दै लिगको चौथो स्थानमा पुगेको छ । स्पर्स २६ अङ्कसहित पाँचौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण