प्रतिकिलो १० रुपैयाँमै बिक्न थाल्यो काउली, अन्य तरकारीको मूल्य कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा काउलीको थोक मूल्य प्रतिकिलो १० रुपैयाँ कायम भएको छ । विकास समितिका अनुसार आज स्थानीय काउलीको मूल्य प्रतिकिलो १० रुपैयाँ कायम छ । यस्तै, ज्यापु काउलीको थोक मूल्य प्रतिकिलो १८ रुपैयाँ कायम छ ।
लोकल बन्दाको मूल्य प्रतिकिलो ३५ रुपैयाँ, लोकल गाँजरको मूल्य प्रतिकिलो ५५ रुपैयाँ र रातो मूलाको मूल्य प्रतिकिलो २२ रुपैयाँ छ । यस्तै, सुकेको प्याजको थोक मूल्य ९२ रुपैयाँ, सेता आलु ३७ रुपैयाँ र रातो आलु ४८ रुपैयाँ कायम छ ।
यस्तै, आज ठुलो नेपाली गोलभेँडाको बिक्री मूल्य ८५ रुपैयाँ हुँदा भारतीय गोलभेँडाको १०३ रुपैयाँ छ । यस्तै, सानो गोलभेँडा १९ रुपैयाँमा बिक्री हुँदा टनेल गोलभेँडाको बिक्री मूल्य समेत ३२ रुपैयाँ कायम छ । यसबाहेक, विकास समितिका अनुसार आज लाम्चो भन्टा २०, डल्लो भन्टा ३५ रुपैयाँ र बोडी ६५ रुपैयाँ छ ।
मटर कोसाको थोक मूल्य ७६ रुपैयाँ, घिउ सिमी २५ रुपैयाँ, टाटे सिमी ६५ रुपैयाँ र तिते करेलाको थोक मूल्य ६५ रुपैयाँ छ । यसबाहेक, लौका ३० रुपैयाँमा बिक्दा परवर ५५ रुपैयाँमा बिक्री रहेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण