प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा नेपाल बैंकको ५० लाख आर्थिक सहयोग
सोमबार, ११ मङ्सिर २०८०, १३ : ५२
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते गएको भूकम्प प्रभावितका लागि नेपाल बैंकले रू.५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सो रकम सहयोग गरेको हो ।
नेपाल बैंकसञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीले बालुवाटारमा आज आयोजित एक कार्यक्रममा रू.५० लाखकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज.ब.रा., का.मु.प्रमुख कार्यकारी अधिकृत समता पन्त, कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ हजार ८६६ नेपालीको उद्धार, ३० करोडभन्दा बढी क्षतिपूर्ति
-
नेतृत्व हस्तान्तरणमा ओली र प्रचण्डको अनिच्छा: पार्टीभित्र बढ्दो असन्तुष्टि
-
कर्णालीमा बेपत्ता गाडी र यात्रुको खोजीका लागि प्रहरीदेखि सेना परिचालन
-
नीति तथा कानुनी सुधारतर्फ बालेन सरकारले १०० दिनमा के गर्यो ?
-
दैलेख ग्यास भण्डार उपयोगबाट बिजुलीदेखि मलसम्म उत्पादन हुने
-
खानी र खनिज क्षेत्रमा सरकारको कडाइः १२५ अनुमतिपत्र रद्द, २७ सँग स्पष्टीकरण माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण