आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ प्रविधि पछ्याउँदै माओवादी केन्द्र, आजबाट नयाँ वेबसाइट सञ्चालनमा

सोमबार, ११ मङ्सिर २०८०, १५ : ३५
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो आधिकारिक वेबसाइट लन्च गरेको छ । लामो समयको गृहकार्यपछि माओवादीको प्रचार विभागले सोमबार वेबसाइट लन्च गरेको हो । उक्त वेबसाइटलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडाबाट उद्घाटन गरेपश्चात् सञ्चालनमा आएको हो ।   

www.cpnmc.org लगइन गरी वेबसाइट भिजिट गर्न सकिन्छ । वेबसाइट न्युज पोर्टलको शैलीमा बनाइएको निर्माण टिमका प्राविधिकहरू बताएका छन् । यसको डिजाइन पाठक कहाँ बसेर हेर्छन् त्यहीँको समाचार आउनेदेखि नेपाली टेक्स पढेर सुनाइ दिने बनाइएको छ । 

वेबसाइट हतारमा बनाइएकाले बिस्तारै अपग्रेड गर्दै लैजाने आइसिटी फोरमका संयोजक गोविन्द आचार्यले बताएका छन् । साइट म्याटरलाई भन्दा गतिविधिलाई मुख्य स्थान दिएको छ । सुरुवातीमा पदाधिकारीहरूको जानकारी राखिएको छ । बिस्तारै केन्द्रीय सदस्य, केन्द्रीय निकाय, विभाग, भातृ सङ्गठन, प्रदेश, स्थानीय कमिटी सबै सङ्गठनात्मक संरचना तयार गर्ने आचार्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप