नेप्से
सेयर बजारको उत्साह एकदिन पनि टिकेन, दोस्रो दिनमा नेप्से सूचक ११.२७ अंकले घट्यो
सोमबार, ११ मङ्सिर २०८०, १५ : ३८
काठमाडौँ । लामो समयको अन्तरालपछि आइतबार ४७ अंकमाथिले नेप्से सूचक थियो । यसदिन २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको थियो । तर, उच्च अंकले नेप्से सूचक बढेको दोस्रो दिन नै पुनः दोहोरो अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ११.२७ अंकले घट्दै १८ सय ९६.६७ अंकमा झरेको हो । आज कारोबार रकम समेत घटेर १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँमा झरेको छ ।
आज होटल तथा पर्यटन समूह, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ समूह बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् ।
आज सुपर स्याजी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०४ प्रतिशतले घट्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण