शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नेप्से

सेयर बजारको उत्साह एकदिन पनि टिकेन, दोस्रो दिनमा नेप्से सूचक ११.२७ अंकले घट्यो

सोमबार, ११ मङ्सिर २०८०, १५ : ३८
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । लामो समयको अन्तरालपछि आइतबार ४७ अंकमाथिले नेप्से सूचक थियो । यसदिन २ अर्ब १ करोड १७ लाख रुपैयाँ बराबरको ६५ लाख ३० हजार कित्ता सेयर किनबेच भएको थियो । तर, उच्च अंकले नेप्से सूचक बढेको दोस्रो दिन नै पुनः दोहोरो अंकको गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से सूचक ११.२७ अंकले घट्दै १८ सय ९६.६७ अंकमा झरेको हो । आज कारोबार रकम समेत घटेर १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँमा झरेको छ । 

आज होटल तथा पर्यटन समूह, इन्भेष्टमेन्ट, म्युचुअल फन्ड र ट्रेडिङ समूह बाहेक बाँकी ९ वटा उपसूचक ऋणात्मक भएका छन् । 

आज सुपर स्याजी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.०४ प्रतिशतले घट्न पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप