दार्चुलामा यात्रु वाहक दुई बस एक–आपसमा ठोक्किए
सोमबार, ११ मङ्सिर २०८०, १७ : ४०
धनगढी । दार्चुलामा यात्रु वाहक दुई बस एक–आपसमा ठोक्किएका छन् ।
महाकाली राजमार्ग अन्तर्गत मालिकार्जुन गाउँपालिका–८ थप्तोलीमा सोमबार दुई बस एक–आपसमा ठोक्किएका हुन्।
दार्चुला सदरमुकामबाट महेन्द्रनगरका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ११४७ नम्बरको बस र मालिकार्जुनबाट दार्चुला सदरमुकामका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१००१ ख २३९३ नम्बरको नगर बस आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
नगर बस मालिकार्जुन जात्राका लागि खटिएका सुरक्षाकर्मी बोकेर सदरमुकामतर्फ गइरहेको थियो ।
बसहरुमा क्षति भए पनि मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् सम्भावित ८ कार्यसूची
-
बजेट निर्माणको बेला कर्णालीको एउटा मन्त्रालय मन्त्री विहीन, एक सचिव विहीन
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
लुम्बिनीमा पहिलो आवधिक योजनाको लक्ष्य प्राप्त भएन
-
यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर