शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सलिको गल्फ प्रतियोगिता आयोजना हुने

सोमबार, ११ मङ्सिर २०८०, १७ : ४९
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ‘सलिको गल्फ प्रतियोगिता’ आयोजना गर्ने भएको छ । 

दुई दिने उक्त प्रतियोगिता रोयल नेपाल गल्फ क्लबमा खेलाइने छ । प्रतियोगिता मंसिर १५ र १६ गते सञ्चालन हुने जानकारी सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

प्रतियोगिताको १६ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको जानकारी रोयल नेपाल गल्फ क्लबका कप्तान मिथुन राईले दिए । प्रतियोगितामा पुरुष, महिला, जुनियर गल्र्स र जुनियर ब्वाइज खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता १८ होलमा खेलाइने छ । जुनियर स्पर्धा भने नौ होलको हुनेछ । 

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले नेपाली गल्फ खेलको विकासमा टेवा पुर्‍याउने र नयाँ पुस्तालाई गल्फ खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनले साहसिक खेलकुदको विकास र विस्तारमा आफ्नो संस्थाले लगानी गर्दै आएको जानकारी पनि दिए ।  

यसैगरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीकी उप—प्रमुख कार्यकारी निर्देशक बरिष्मा आचार्यले नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले आफूहरुले गल्फका अतिरिक्त अन्य खेलमा पनि लगानी गर्दै आएको जानकारी दिइन् । उनले आगामी दिनमा पनि गल्फ प्रतियोगितालाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप