चुनावमा लाखौं खर्च गर्न तयार भयौँ तर आइटी क्षेत्रमा प्रयोग गर्न दाँतबाट पसिना आयो : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचारको मामिलामा माओवादी केन्द्र निकै पछि परेको स्वीकार गरेका छन् । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको वेबसाइट उद्घाटन गर्दै उनले प्रविधिमैत्री पार्टी निर्माण हुन नसक्दा जनतालाई सचेत बनाउन, जनमत सिर्जना गर्न नसकेको स्वीकार गरेका हुन् ।
‘चुनावमा लाखौं खर्च गर्न तयार भयौँ तर आइटी क्षेत्रमा प्रयोग गर्न दाँतबाट पसिना आयो । चुनावमा गरेको खर्चले पार्टीले केही फाइदा भएन । त्यसैलाई विचार गरेर केन्द्रीय समितिले निर्णयबाट आइसिटी फोरम बनाएको हो’, उनले भने ।
परम्परागत ढंगले प्रविधिसँग प्रतिस्पर्धा गर्न नसक्ने युगमा आइपुगेको भन्दै सामाजिक संजाललाई सचेततापूर्वक प्रयोग गर्नुपर्ने उनले बताए । सामाजिक संजालले हिरोलाई भिलेन र भिलेनलाई हिरो बनाउन सक्ने भएकाले यसको सकारात्मक रुपमा प्रयोग गर्नुपर्ने उनले अनुभव सुनाए ।
‘अहिले सामाजिक संजाल प्रयोग गरेर हिरोलाई भिलेन र भिलेनलाई हिरो पनि बनाउन सकिन्छ । वास्तवमा हिरो जनताले बनाउने हो । पछिल्लो समय सामाजिक संजाल दुरुपयोग गरी समाजमा अराजकता सिर्जना प्रयास भइरहेका छन् । त्यसबाट सचेत भएर प्रविधिलाई उत्पादनसँग जोड्नु पर्छ ।’
प्रधानमन्त्री प्रचण्डले वेबसाइटमार्फत माओवादीलाई संसारभर चिनाउन आइटी क्षेत्रमा कार्यरत प्राविधिकहरूले मेहनत गर्नुपर्ने बताए । साथै बिस्तारै वेबसाइटमा सबै कमिटीलाई समेटेर लैजाने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण