बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सडक निर्माण गर्दा खानेपानी आपूर्ति बन्द

सोमबार, ११ मङ्सिर २०८०, १९ : ३०
सोमबार, ११ मङ्सिर २०८०

इलाम । सडक निर्माण गर्दा इलाम बजारमा आउने खानेपानी आपूर्तिमा समस्या आएको छ । केचना कञ्चनजङ्गा सडकअन्तर्गत सन्दकपुर गाउँपालिकाको कोइराले क्षेत्रमा सडक विस्तार गर्दा खानेपानीको पाइपलाइन बिग्रिएपछि इलाम नगरपालिमा खानेपानी आपूर्ति बन्द भएको हो । 

नगरपालिकामा गिताङ खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । इलाम नगरपालिका प्रमुख केदार थापाले सडक खन्दा समन्वय नभएका कारण खानेपानी आपूर्तिमा समस्या आएको भन्दै यहाँस्थित सङ्घीय तथा प्रदेश खानेपानी कार्यालय, जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयसँग छलफल गरेका छन् । 

खानेपानी आपूर्ति बन्द भएपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सर्वदलीय बैठकमार्फत सडकमा रहेको अवरोध हटाउने र निर्माणलाई निरन्तर दिएर खानेपानी आपूर्तिलाई सहज तुल्याउन लागिपरेका छन् । 

डिभिजन सडक कार्यालय प्रमुख सरला न्यौपानेले उक्त क्षेत्रको निरीक्षण गरी खानेपानी आपूर्तिका लागि पाइपलाइन क्षेत्रको सडक निर्माणलाई पहिलो प्राथमिकता दिने र खानेपानी आपूर्तिमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप