आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

मङ्गलबार, १२ मङ्सिर २०८०, ०६ : ०७
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप