बेलायतमा पहिलो पटक मान्छेमा स्वाइन फ्लु भेटियो
लन्डन । बेलायतका स्वास्थ्य अधिकारीहरू यति बेला मान्छेमा सुँगुरमा देखिने भाइरस स्वाइन फ्लु कसरी सर्यो भनेर पत्ता लगाउन दौडधुप गरिरहेका छन् । एक व्यक्तिमा सुँगरमा पाइने स्वाइन फ्लुको नयाँ प्रकार भेटिएको सोमबार त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए)ले बताएको थियो । बेलायतमा कुनै मान्छेमा यसको सङ्क्रमण भेटिएको यही नै पहिलो घटना हो । सन् २००५ यता विश्वभर दर्जनौँ मान्छेलाई स्वाइन फ्लु भइसकेको छ । तर पछिल्लो समय बेलायतमा देखिएको स्वाइन फ्लुको जिन पुराना स्ट्रेनसँग सम्बन्धित नरहेको अधिकारीहरूले बताएका छन् ।
सास फेर्न समस्या भएपछि ती बिरामी अस्पताल जँचाउन आएका थिए । परीक्षणका क्रममा उनमा स्वाइन फ्लुको एच१एन२ स्ट्रेन भेटियो । यो भाइरसले सुँगरलाई मात्रै सङ्क्रमित बनाउने भए पनि मान्छेमा यो स्ट्रेन कसरी सर्यो भन्ने अज्ञात छ । अहिले ती बिरामी पूरै निको भइसकेको बताइएको छ । सङ्क्रमण कसरी सर्यो भन्नेबारे खोजिबिन भइरहेको छ । बिरामीको निकट सम्पर्कमा आएका व्यक्तिहरू खोज्ने र सङ्क्रमण फैलिन नदिन पनि काम भइरहेको बताइएको छ । जनावरमा पाइने केही रोग मान्छेलाई पनि लाग्न सक्छ । एच१एन१, एच१एन२ र एच३एन२ सुँगुरमा भेटिने केही प्रमुख भाइरस हुन् । यी स्ट्रेनबाट मानिस पनि सङ्क्रमित हुन सक्छन् ।
के हो स्वाइन फ्लु ?
स्वाइन फ्लु श्वास प्रश्वासमा लाग्ने सङ्क्रामक रोग हो । यो रोग सामान्यतः सुँगुरमा पाइन्छ । यो सुँगुरमा इन्फ्लुएन्जा एको भाइरसको एच१एन१ प्रकारका कारण हुन्छ । सुँगुरमा पाइने फ्लुका एच१एन२, एच३एन१ र एच३एन२ प्रकार पनि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण