शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख १७ हजार ७ सय रुपैयाँ पुग्यो

मङ्गलबार, १२ मङ्सिर २०८०, ११ : १०
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य १ लाख १७ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढ्दै १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको हो । 

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १७ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप