दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा दुर्घटना, ११ जनाको मृत्यु
मङ्गलबार, १२ मङ्सिर २०८०, १३ : ५७
प्रिटोरिया । दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । प्रिटोरियाको पश्चिममा रहेको रुस्टेनबर्ग माइनमा सोमबार दुर्घटना भएको हो ।
खानी सञ्चालन गर्ने कम्पनी इम्पाला प्लेटिनमले यो घटनालाई कम्पनीको इतिहासकै सबैभन्दा दुःखद दिन भएको बताएको छ । रुस्टेनबर्ग खानीमा उत्खनन कार्य अस्थायी रूपमा रोकिएको छ।
समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार यस दुर्घटनामा ८६ जना मजदुर प्रभावित थिए। ७५ जना घाइतेलाई यस क्षेत्रका विभिन्न चार अस्पतालमा भर्ना गरिएको छ ।
इम्पाला प्लेटिनम दक्षिण अफ्रिकाको प्लेटिनम उत्पादकहरू मध्ये एक हो जसले विश्वको सबैभन्दा गहिरो र पुरानो खानीहरू सञ्चालन गर्दछ। कम्पनीका प्रवक्ताले अस्थायी रूपमा खानी बन्द गर्ने निर्णय बुधबारसम्म लम्ब्याउन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन उपसमितिमा को–को समेटिए ? (सूचीसहित)
-
रुग्ण उद्योग पुनरुत्थानको बाटोमा सरकार, सांसद भन्छन्ः औपचारिकता होइन, रोजगारी सिर्जना होस्
-
स्टार्टअप प्रवर्द्धन गर्न सरकारले ल्यायो 'स्टार्टअप फास्ट ट्र्याक कार्ययोजना'
-
संक्रमणकालीन न्याय टुङ्ग्याउन आयोग गठनको प्रक्रिया अघि बढ्यो : कानुनमन्त्री
-
बालेन संसद्मा आएनन्, स्वर्णिमलाई दिए जवाफको जिम्मा
-
चुनाव हारेका उम्मेदवारहरूलाई साक्षी राखेर केन्द्रीय समिति बैठक गर्दै राजेन्द्र लिङ्देन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण