टिकटकको मालिक बाइटडान्सले गर्दैछ कर्मचारी कटौती
बेजिङ । चिनियाँ सर्ट भिडियो सेयरिङ एप टिकटकको मालिक कम्पनी बाइटडान्सले आफ्नो गेमिङ व्यवसायको आकारमा उल्लेख्य कटौती गर्दैछ । चिनियाँ गेमिङ उद्योगमा शीर्ष स्थानमा रहेको टेन्सेन्टलाई कडा टक्कर दिन बाइटडान्स सन् २०१९ मा गेमिङ उद्योगमा छिरेको थियो । तर बजार हिस्सामा पकड बढाउन नसकेपछि कम्पनी पछाडि हटेको हो ।
कम्पनीले लञ्च नै नभएका केही गेमहरूलाई पनि डिसेम्बरमा बन्द गर्दैछ । कम्पनीको यो निर्णयका कारण सयौँ रोजगारी प्रभावित हुने देखिन्छ । बाइटडान्सले नियमित रूपमा आफ्नो व्यवसायको समीक्षा गर्ने गरेको अनि अहिले गेमिङ व्यवसायको पुनःसंरचनाको कठोर निर्णय गरेको कम्पनीका प्रवक्ताले भनेका छन् ।
गएको वर्ष विश्वको भिडियो गेम बजारको आकार २ खर्ब १७ अर्ब डलरमा पुगेको बजार अनुसन्धाता संस्था ग्रान्ड रिभ्यू रिसर्चको तथ्याङ्कले देखाएको छ । सन् २०१९ मा कम्पनीको गेमिङ इकाई नुभर्सको सृजनालाई गेमिङ उद्योगमा कायापलटको रूपमा हेरिएको थियो । तर नुभर्सको एउटै गेम व्यावसायिक रूपमा हिट साबित हुन सकेन । आम्दानीका आधारमा टेन्सेन्ट विश्वको सबैभन्दा ठुलो गेमिङ कम्पनी हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण