सेवा र पर्यटन क्षेत्रमा विदेशी लगानी प्रतिबद्धताको ओइरो
काठमाडौँ । कात्तिक महिनामा नेपालमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै झण्डै २ अर्ब रुपैयाँको विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो ।
तथ्यांकअनुसार कात्तिक महिनामा २६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । यस्तै, एउटा मध्यमस्तरको उद्योगमा लगानी प्रतिबद्धता आउँदा ठुला उद्योगमा भने कुनै प्रतिबद्धता भित्रिएको छैन । विभागका अनुसार कात्तिकमा कूल २७ वटा उद्योगमा लगानी प्रतिबद्धता भित्रिएको हो ।
कात्तिकमा आएको प्रतिबद्धता सेवा र पर्यटन क्षेत्रमा मात्रै भित्रिएको छ । कूल प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ५६ प्रतिशत अर्थात् १५ वटा प्रतिबद्धता आएको छ । यस्तै, सेवा क्षेत्रमा ४४ प्रतिशत अर्थात् १२ वटा प्रतिबद्धता आएको छ । यसबाहेकका, उत्पादन, सूचना प्रविधि, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रमा कुनै पनि प्रतिबद्धता भित्रिएको छैन ।
चालू आर्थिक वर्षको साउन–कात्तिक महिनासम्ममा भने १८ अर्ब ३५ करोड रुपैयाँभन्दा धेरैको प्रतिबद्धता भित्रिएको छ । यस अवधिसम्ममा १७८ वटा उद्योगमा लगानीको प्रतिबद्धता भित्रिएको छ । कूल प्रतिबद्धतामध्ये १७० वटा साना उद्योग, ५ मध्य र ४ ठुला उद्योगमा प्रतिबद्धता आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण