सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
वैदेशिक लगानी

सेवा र पर्यटन क्षेत्रमा विदेशी लगानी प्रतिबद्धताको ओइरो

मङ्गलबार, १२ मङ्सिर २०८०, १४ : १६
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । कात्तिक महिनामा नेपालमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्यांकअनुसार कात्तिक महिनामा मात्रै झण्डै २ अर्ब रुपैयाँको विदेशी लगानी प्रतिबद्धता भित्रिएको हो ।

तथ्यांकअनुसार कात्तिक महिनामा २६ वटा साना उद्योगमा लगानी प्रतिबद्धता आएको छ । यस्तै, एउटा मध्यमस्तरको उद्योगमा लगानी प्रतिबद्धता आउँदा ठुला उद्योगमा भने कुनै प्रतिबद्धता भित्रिएको छैन । विभागका अनुसार कात्तिकमा कूल २७ वटा उद्योगमा लगानी प्रतिबद्धता भित्रिएको हो ।

कात्तिकमा आएको प्रतिबद्धता सेवा र पर्यटन क्षेत्रमा मात्रै भित्रिएको छ । कूल प्रतिबद्धतामध्ये पर्यटन क्षेत्रमा ५६ प्रतिशत अर्थात् १५ वटा प्रतिबद्धता आएको छ । यस्तै, सेवा क्षेत्रमा ४४ प्रतिशत अर्थात् १२ वटा प्रतिबद्धता आएको छ । यसबाहेकका, उत्पादन, सूचना प्रविधि, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रमा कुनै पनि प्रतिबद्धता भित्रिएको छैन ।

चालू आर्थिक वर्षको साउन–कात्तिक महिनासम्ममा भने १८ अर्ब ३५ करोड रुपैयाँभन्दा धेरैको प्रतिबद्धता भित्रिएको छ । यस अवधिसम्ममा १७८ वटा उद्योगमा लगानीको प्रतिबद्धता भित्रिएको छ । कूल प्रतिबद्धतामध्ये १७० वटा साना उद्योग, ५ मध्य र ४ ठुला उद्योगमा प्रतिबद्धता आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप