कांग्रेसको भ्रातृ संगठन सेनानी संघको अध्यक्षमा दाहाल नियुक्त
मङ्गलबार, १२ मङ्सिर २०८०, १४ : ४०
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी आबद्ध भ्रातृ संघ— नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा) लाई मंगलबार नियुक्त गरेका छन् ।
नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी सभापति देउवाले दाहाललाई संघको अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।
त्यस्तै सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण