कांग्रेसको भ्रातृ संगठन सेनानी संघको अध्यक्षमा दाहाल नियुक्त
मङ्गलबार, १२ मङ्सिर २०८०, १४ : ४०

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी आबद्ध भ्रातृ संघ— नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा) लाई मंगलबार नियुक्त गरेका छन् ।
नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार पार्टी सभापति देउवाले दाहाललाई संघको अध्यक्षमा नियुक्त गरेका हुन् । यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।
त्यस्तै सभापति देउवाले नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) लाई नियुक्त गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिलभूषणलाई कानुन बमोजिमबाहेक पक्राउ नगर्न अन्तरिम आदेश
-
मकवानपुरको थाहा नगरपालिकामा ५० वर्षीया महिलाको हत्या
-
सचिव हुन नपाएको झोँकमा मन्त्रालयनै गइनन् संगीता, साढे ३ महिनादेखि बिदामा
-
कालोसूचीमा परेको ठेकेदार कम्पनीलाई १८ करोडको ठेक्का
-
श्रेष्ठको रिट खारेज भएसँगै नेपालखबर र बिजमाण्डुले समाचार हटाउन नपर्ने
-
घरेलु श्रमिक सम्बन्धी महासन्धि सी– १८९ अनुमोदन गर्न श्रममन्त्रीलाई ध्यानाकर्षण