शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक २ अंकले घट्यो, १ अर्ब २८ करोडको कारोबार

मङ्गलबार, १२ मङ्सिर २०८०, १५ : ३९
मङ्गलबार, १२ मङ्सिर २०८०

काठमाडौँ । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ । अघिल्लो दिन ११.२७ अंकले घटेको बजारमा आज थप २.१७ अंकले घट्दै नेप्से सूचक १८ सय ९४.५३ अंकमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

उसो त आज कारोबार समेत घटेर १ अर्ब २८ करोड २ लाख रुपैयाँमा झरेको नेप्सेले जनाएको छ । अघिल्लो दिन ११.२७ अंकले नेप्से घटेको बजारमा १ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । 

आज फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फन्ड समूहको उपसूचक बढेका छन् भने बाँकी बैंकिङ, डेभलपमेन्ट बैंक, इन्भेष्टमेन्ट, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, ट्रेडिङ, अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । आज सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.३३ प्रतिशतले बढेको छ । 

आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीका सेयरधनीले ९.९७ प्रतिशतले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीले ५.३३ प्रतिशतले गुमाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप