अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोग बढ्यो : आरजु राणा
मङ्गलबार, १२ मङ्सिर २०८०, २१ : ०६
कोहलपुर । कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा आरजु राणा देउवाले अस्वस्थ जीवनशैली र खानपानका कारण नसर्ने रोगको शिकार हुनुपर्ने अवस्था आएको बताएकी छन् ।
‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ अन्तर्गत ‘स्वस्थ सहर अभियानका लागि कार्यशाला गोष्ठी’ मा उनले स्वस्थ जीवनशैली अपनाउन सबैलाई आग्रह गरिन् ।
सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालका अध्यक्षसमेत रहेकी डा राणाले उमेर बढ्दै गएपछि आफ्नो स्वास्थ्यको उचित ख्याल गर्नुपर्नेमा जोड दिइन् । नेपाली कांग्रेस नेत्री डा राणाले नसर्ने रोगले डरलाग्दो रुप लिइरहेको बताउँदै नयाँ पुस्तालाई खानपीनबारे शिक्षा दिनुपर्ने बताइन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले नसर्ने रोगका बिरामी बढ्दै गएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण