नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम अर्बमाथि
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १७.९३ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचकमा आजै ०.९४ प्रतिशतको गिरावट आएको हो । यससँगै परिसूचक १८७६ अंकमा आएर रोकिएको छ ।
परिसूचक दोहोरो अंकले घटे पनि आज १ अर्ब १ करोड ४१ लाख रुपैयाँ बराबरको ३३ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १९० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य बढ्दा ७ कम्पनीको भने स्थिर कायम छ ।
आज विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । यसक्रममा ५९ रुपैयाँले मूल्य बढेसँगै कम्पनीको सेयर भाउ ६५७ रुपैयाँ पुगेको छ । यस्तै, कुमारी धनवृद्धि योजनाको सेयर मूल्य ३.६३ प्रतिशतले बढेको छ । यता बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने ९.९८ प्रतिशतको गिरावट आएको छ ।
१७ अंकले परिसूचक घटेपनि अन्य समूहको सूचकमा भने २.३९ अंकको सुधार आएको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूह १५९ अंकले घट्दा उत्पादनमूलक र प्रशोधन समूहको सूचक १०६ अंकले खुम्चिएको छ । यस्तै, होटेल र टुरिजम समूहमा ५५ अंकको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण