शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम अर्बमाथि

बुधबार, १३ मङ्सिर २०८०, १६ : ११
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १७.९३ अंकको गिरावट आएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचकमा आजै ०.९४ प्रतिशतको गिरावट आएको हो । यससँगै परिसूचक १८७६ अंकमा आएर रोकिएको छ ।

परिसूचक दोहोरो अंकले घटे पनि आज १ अर्ब १ करोड ४१ लाख रुपैयाँ बराबरको ३३ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको छ । यसक्रममा १९० वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको मूल्य बढ्दा ७ कम्पनीको भने स्थिर कायम छ ।

आज विजय लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले बढेको छ । यसक्रममा ५९ रुपैयाँले मूल्य बढेसँगै कम्पनीको सेयर भाउ ६५७ रुपैयाँ पुगेको छ । यस्तै, कुमारी धनवृद्धि योजनाको सेयर मूल्य ३.६३ प्रतिशतले बढेको छ । यता बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा भने ९.९८ प्रतिशतको गिरावट आएको छ ।

१७ अंकले परिसूचक घटेपनि अन्य समूहको सूचकमा भने २.३९ अंकको सुधार आएको छ । यसबाहेक सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूह १५९ अंकले घट्दा उत्पादनमूलक र प्रशोधन समूहको सूचक १०६ अंकले खुम्चिएको छ । यस्तै, होटेल र टुरिजम समूहमा ५५ अंकको गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप