नेविसंघ काठमाडौँ जिल्ला समिति विस्तार,पदाधिकारीसहित १४८ जना मनोनीत
बुधबार, १३ मङ्सिर २०८०, १९ : १४
काठमाडौँ । नेपाली कांग्रेसकाे भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौँ जिल्ला कार्यसमिति विस्तार भएको छ । नेविसंघ काठमाडौँका अध्यक्ष अंशुल केसीले बुधबार नेपाल विद्यार्थी संघ २०२७ को छैटौँ संशोधन २०७५ बमोजिम नेविसंघ काठमाडौँ जिल्ला कार्यसमिति विस्तार गरेका हुन् ।
अध्यक्ष केसीले १२ जना उपाध्यक्ष, तीन जना सचिव, १४ जना सहसचिव र एक जना काेषाध्यक्षसहित १४८ सदस्यीय कार्यसमितिमा मनोनीत गरेका छन् ।
कार्यसमिति सदस्य सबै भूगोल समेटेर बनाउने क्रममा ठूलो आकार भएको अध्यक्ष केसीले बताए । उनका अनुसार काठमाडौँभित्र फरक भूगोल, समुदाय र क्रियाशील विद्यार्थीहरु समेटिएको छ ।
जिल्ला कमिटी विस्तार नेपाली कांग्रेस काठमाडौँ जिल्ला पार्टी कार्यालयमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण