गौतम अदानी फेरि विश्वका शीर्ष २० धनी व्यक्तिको सूचीमा
बुधबार, १३ मङ्सिर २०८०, २० : २७
नयाँ दिल्ली । अदानी समूहका कम्पनीहरूको शेयर मूल्यमा भएको तीव्र वृद्धिका कारण गौतम अदानी फेरि एकपटक शीर्ष २० धनी व्यक्तिको सूचीमा परेका छन् ।
मंगलबार सेयर बजारमा सूचीकृत गौतम अदानीका १० वटै कम्पनीको सेयरमा तीव्र उछाल आएको छ ।
केही शेयरको मूल्यमा २० प्रतिशतसम्मको वृद्धि देखिएको छ । यसले समूहको कुल बजार पुँजी १ लाख करोड रुपैयाँभन्दा बढी बढेको छ। ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार गौतम अदानीको पुँजी एक दिनमा करिब ६.५ अर्ब डलरले बढेको छ । योसँगै अदानीको कुल सम्पत्ति ६६.७ बिलियन डलर पुगेको छ र उनी शीर्ष २० धनीहरुको सूचीमा १९औँ स्थानमा आएका छन् ।
शीर्ष २० धनीको सूचीमा भारतका मुकेश अम्बानी १३ औं स्थानमा छन् । यो वर्ष उनको पुँजी २ अर्ब ३४ करोड डलरले बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण