प्रधानन्यायाधीश नेतृत्वको भ्रमण टोली स्वदेश फिर्ता
बुधबार, १३ मङ्सिर २०८०, २१ : ०१
काठमाडौँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको भ्रमण टोली स्वदेश फर्किएको छ । यही मंसिर १० गते भारतको नयाँ दिल्ली गएको प्रधानन्यायाधीश श्रेष्ठ नेतृत्वको टोली बुधबार स्वदेश फर्किएको हो ।
भारतीय प्रधानन्यायाधीशमा धनञ्जय यशवंत चन्द्रचुडको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ न्यायाधीशहरूको सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली गएका थिए ।
उक्त कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले नेपालमा कानुनी सहायताका सम्बन्धमा भएका व्यवस्था एवं प्रयासहरुका बारेमा जानकारी गराएका थिए ।
कानुनी सहायता र न्यायमा पहुँचमा रहेका समस्या र अवरोध समेतका विषयमा चर्चा गर्दै उनले समाधानका विकल्पहरुको सम्बन्धमा समेत आफ्नो धारणा प्रस्तुत गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण