प्रदेशभित्रका रुग्ण आयोजनाको विवरण बुझाउन गण्डकी सरकारलाई अर्थ समितिको निर्देशन
पोखरा । गण्डकी प्रदेशसभा अन्तर्गत अर्थ तथा विकास समितिले प्रदेशभित्र रहेका रुग्ण आयोजनाहरूको विवरण मागेको छ । समितिको बैठकले प्रदेशभित्र रहेका रुग्ण आयोजनाको लगत दिन भनेको हो । विभिन्न कारणले हालसम्म पनि कार्यान्वयन हुन नसकेका रुग्ण आयोजनाको विवरण अर्थ तथा विकास समिति समक्ष पेस गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिइएको सभापति भोजराज अर्यालले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास आयोजना मध्ये सङ्घ सरकारले प्रदेशमा हस्तान्तरण गरेका र लागत साझेदारीमा सञ्चालन हुने आयोजना, गौरवका आयोजना र वार्षिक विकास कार्यक्रमको कार्यान्वयनको अवस्थाबारे पनि ध्यानाकर्षण गराएको छ । सबैको विवरण बुझाउन भनिएको अर्यालको भनाई छ ।
समितिले यसैगरी पोखरा नगर क्षेत्र भित्र चल्ने ट्याक्सी मिटर सिस्टममा तोकिएको भाडादर मात्र लिने गरी व्यवस्था मिलाउन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलभित्र पार्किङ शुल्क वैज्ञानिक र व्यवहारिक बनाउन निर्देशन दिइएको छ । ट्याक्सी मिटरमा नजाने र विमानस्थलभित्रको शुल्क चर्को भएको गुनासो बढेको छ । समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि हाइवेसम्म आवतजावतमा नागरिकको सहजताको लागि निःशुल्क सटल बस सेवा सञ्चालनको सम्भाव्यता अध्ययन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण