विराज भट्टले गरे फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा
बिहीबार, १४ मङ्सिर २०८०, १० : ४७
काठमाडौँ । अभिनेता विराज भट्टले नयाँ फिल्म ‘१२ गाउँ’ निर्माण घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म घोषणा गरेका हुन् ।
पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । बिराज स्वयंको निर्देशन रहने फिल्म एक्सन–थ्रिलर कथामा बन्नेछ । बिराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा फिल्म बन्न लागेको हो ।

विराजले यसअघि फिल्म ‘साङ्लो’ आफैँले निर्देशन गरेका थिए । फिल्ममा उनकै मुख्य भूमिका थियो । ‘साङ्लो’ ले घरेलु बक्स अफिसमा सन्तोषजनक व्यापार गर्न भने सकेन ।
फिल्म रिलिजकै समय ‘साङ्लो २’ निर्माण गर्ने भन्दै चर्चामा रहेका बिराज पछिल्लो समय भोजपुरी फिल्ममा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण