च्याम्पियन्स लिग फुटबल : जुड बेलिङ्घमको कीर्तिमानी गोल र रियल म्याड्रिडको निरन्तर जित
काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको समूहगत चरणमा प्रभावशाली स्पेनिस क्लब रियल म्याड्रिडले लगातार पाँचौँ जित हासिल गरेको छ । समूह ‘सी’ अन्तर्गतको बुधबार राति खेलिएको खेलमा रियलले इटालियन प्रतिद्वन्द्वी नापोलीलाई ४—२ गोलले पराजित गर्यो ।
रियल यसअघि नै समूह विजेताका रुपमा च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको छ । रियलको जितमा जुड बेलिङ्घमले कीर्तिमान पनि बनाए । उनी च्याम्पियन्स लिगमा आफूले खेलेका सुरुका चारवटै खेलमा गोल गर्ने एकमात्र खेलाडी बनेका छन् ।
खेलमा अग्रता भने नापोलीले लिएको थियो । खेल सुरु भएको नवौँ मिनेटमै नापोलीका लागि जियोभानी सिमोनले पहिलो गोल गरेका थिए । तर, नापोलीको त्यो अग्रता लामो समय कायम रहन सकेन । खेलको ११औँ मिनेटमा रियल म्याड्रिडका लागि रोड्रिगोले जवाफी गोल फर्काए ।
निर्धारित समयको २२ औँ मिनेटमा जुड बेलिङ्घमले आकर्षक गोल गर्दै रियल म्याड्रिडलाई २—१ को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा नापोलीका आन्द्रे फ्रान्क जाम्बो एनगुइसाले गोल गर्दै खेललाई २—२ को बराबरीमा ल्याएका थिए ।
खेलको दोस्रो हाफमा दुई गोल थप्दै रियल म्याड्रिले आफ्नो उत्कृष्टता सिद्ध गर्यो । निर्धारित समयको ८४ औँ मिनेटमा निको पाजले रियल म्याड्रिडका लागि तेस्रो गोल थपेका थिए । दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा रियल म्याड्रिडका लागि जोसेलुले चौथो तथा अन्तिम गोल गरेका थिए ।
समूह ‘सी’ मा रहेका चारवटै टोलीले पाँच—पाँच खेल खेलिसकेका छन् । १५ अंकसहित रियल म्याड्रिड तालिकाको पहिलो स्थानमा आसिन छ । सात अंकसहित नापोली दोस्रो, चार अंकसहित एफसी ब्रागा तेस्रो र दुई अंकसहित युनियन बर्लिन चौथो स्थानमा छन् ।
युनियन बर्लिन उपाधि होडबाट बाहिरिइसकेको छ । नापोली र ब्रागाको भने नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ । रियल म्याड्रिड सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि जित्ने टोली हो । रियल म्याड्रिडले हालसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेको छ । रियल म्याड्रिड तीनपटक भने उपविजेतामा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण