शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिगको इतिहासमा सर्जियो रामोसले रचेको एउटा फरक कीर्तिमान

बिहीबार, १४ मङ्सिर २०८०, १२ : १५
बिहीबार, १४ मङ्सिर २०८०

काठमाडौँ । युरोपियन च्याम्पियन्स लिगमा १० हजारौँ गोल पूरा भएको छ । युरोपियन क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगमा १० हजारौँ गोल गर्ने कीर्तिमानी खेलाडी हुन्, सर्जियो रामोस ।

रामोले च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति खेलिएको समूह ‘बी’ अन्तर्गतको खेलमा उक्त गोल गरेका हुन् । पीएसभी आइन्डहोभनविरुद्धको खेलको २४औँ मिनेटमा रोमोसले स्पेनिस क्लब सेभियाका लागि गोल गरेका थिए । 

३७ वर्षीय अनुभवी खेलाडी रामोसले गरेको त्यही गोल नै च्याम्पियन्स लिगको इतिहासमा १० हजारौँ गोल बन्न पुग्यो । यद्यपि, उक्त खेलमा भीएसभीले सेभियालाई ३—२ गोलले हराएको थियो । पीएसभी च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भयो भने सेभिया समूहगत चरणबाटै बाहिरियो ।

स्पेनिस खेलाडी रामोसले इभान राकिटिचको पासमा उक्त गोल गरेका थिए । रामोसले च्याम्पियन्स लिगमा आफ्नो पहिलो गोल भने सन् २००५ को डिसेम्बरमा गरेका थिए । त्यतिबेला रामोस अर्को स्पेनिस क्लब रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्थे । 

आफूले पहिहलो गोल गरेको ६ हजार सात सय ७३ दिनपछि रोमोसले च्याम्पियन्स लिगको इतिहासमा ऐतिहासिक गोल गरेका हुन् । यसअघि कुनै पनि खेलाडीले च्याम्पियन्स लिगमा आफूले पहिलो गोल गरेको यति लामो समयपछि अर्को गोल गर्न सकेको थिएन ।

रामोस च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी उमेरमा गोल गर्ने खेलाडीहरुको सूचिमा पनि दरिन पुगेका छन् । उनी यो सूचिको चौथो स्थानमा उक्लिएका छन् । च्याम्पियन्स लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी भने रियल म्याड्रिडका पूर्वखेलाडी पेपे हुन् । उनले ४० वर्षको उमेरमा च्याम्पियन्स लिगमा गोल गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप