पृथ्वीनारायण, जङ्गबहादुर र महेन्द्रको कामलाई नेपालको परराष्ट्र नीतिमा राख्नुपर्छ : पशुपतिशम्शेर राणा
बिहीबार, १४ मङ्सिर २०८०, १६ : २०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशम्शेर राणाले भूराजनीतिक संवेदनशीलतालाई सन्तुलन गरेका आधारमा नेपाल बाँचेको बताउँदै नेपालको परराष्ट्र नीति तय गर्दा गम्भीर हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले इतिहासमा नेपालको परराष्ट्र नीति कसरी सन्तुलन गरिएको थियो त्यसका आधारमा परराष्ट्र नीति बनाउनुपर्ने बताए ।
उनले पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा र राजा महेन्द्रले विदेशीसँग राखेको सम्बन्ध, उनीहरुले अंगालेको विदेश नीतिलाई परराष्ट्र नीतिमा समेट्नुपर्ने बताए । भूराजनीतिक सन्तुलन कायम गर्न नसक्ने देश अप्ठेरोमा पर्ने भएकोले इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण