पृथ्वीनारायण, जङ्गबहादुर र महेन्द्रको कामलाई नेपालको परराष्ट्र नीतिमा राख्नुपर्छ : पशुपतिशम्शेर राणा
बिहीबार, १४ मङ्सिर २०८०, १६ : २०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशम्शेर राणाले भूराजनीतिक संवेदनशीलतालाई सन्तुलन गरेका आधारमा नेपाल बाँचेको बताउँदै नेपालको परराष्ट्र नीति तय गर्दा गम्भीर हुनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद राणाले इतिहासमा नेपालको परराष्ट्र नीति कसरी सन्तुलन गरिएको थियो त्यसका आधारमा परराष्ट्र नीति बनाउनुपर्ने बताए ।
उनले पृथ्वीनारायण शाह, जङ्गबहादुर राणा र राजा महेन्द्रले विदेशीसँग राखेको सम्बन्ध, उनीहरुले अंगालेको विदेश नीतिलाई परराष्ट्र नीतिमा समेट्नुपर्ने बताए । भूराजनीतिक सन्तुलन कायम गर्न नसक्ने देश अप्ठेरोमा पर्ने भएकोले इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदयात्रा पर्यटनसँग जोडिँदै सिङ्दी घरवास
-
घरेलु श्रमिक अधिकारबाट वञ्चित
-
विश्व वरियतामा शीर्ष साबालेन्कालाई पराजित गर्दै कोको गौफले जितिन फ्रेन्च ओपन
-
१२ बजे १२ समाचार: न्यायाधीश नियुक्तिमा अन्योल, उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे घोषणापत्र
-
नेपालगञ्जमा ‘वेष्टर्न ट्राभल मार्ट’ सुरु
-
महको गुणस्तर वृद्धिमा जोड