आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मादीमा १५ शय्याको अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा सुरु

बिहीबार, १४ मङ्सिर २०८०, २० : ५०
बिहीबार, १४ मङ्सिर २०८०

पोखरा । कास्कीको मादी गाउँपालिकाले निर्माणाधीन १५ शय्याको अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा सुरु गरेको छ । वडा नम्बर ७ छाचोकमा निर्माण भइरहेको अस्पतालमा पालिका अध्यक्ष देवीजंग गुरुङले आधारभूत सेवा सुरु गरेका हुन् ।

‘नागरिकको स्वास्थ्यमा पालिका गम्भीर छ । स्वास्थ्य सेवा मौलिक हक पनि हो,’ उनले भने, ‘भवन बिस्तारै बन्दै गर्छ । निर्माण सम्पन्न भएका ठाउँबाट सेवा पनि सञ्चालन हुँदै गर्छ ।’ 

१८ करोड लागतमा भवन निर्माण थालिएको हो । आउँदो २ वर्षभित्र भवन निर्माण सकिने गुरुङले जानकारी दिए । उद्घाटनकै अवसरमा रोटरी इन्टरनेशनल र क्रियट होप इन द वर्ल्डले मेडिकल सामग्री सहयोग गरेको छ । अस्पताललाई आवश्यक पर्ने भिडियो एक्सरे मेसिन, एक्सरे मेसिन, इसिजि, बिरामी शय्या र प्रसूति शय्याका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो । 

रोटरी क्लब अफ पोखरा अन्नपूर्णले होस्ट क्लबको रूपमा स्वास्थ्य सामग्री सहयोग गरेको पालिकाका स्वास्थ्य प्रमुख गोपालचन्द्र बरालले जानकारी दिए । सबै सामग्रीहरु कोरियाको आरआइ डिस्ट्रिक ३६९०, रोटरी क्लब अफ याङ्जुले सहयोग गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप