मादीमा १५ शय्याको अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा सुरु
पोखरा । कास्कीको मादी गाउँपालिकाले निर्माणाधीन १५ शय्याको अस्पतालबाट आधारभूत स्वास्थ्य सेवा सुरु गरेको छ । वडा नम्बर ७ छाचोकमा निर्माण भइरहेको अस्पतालमा पालिका अध्यक्ष देवीजंग गुरुङले आधारभूत सेवा सुरु गरेका हुन् ।
‘नागरिकको स्वास्थ्यमा पालिका गम्भीर छ । स्वास्थ्य सेवा मौलिक हक पनि हो,’ उनले भने, ‘भवन बिस्तारै बन्दै गर्छ । निर्माण सम्पन्न भएका ठाउँबाट सेवा पनि सञ्चालन हुँदै गर्छ ।’
१८ करोड लागतमा भवन निर्माण थालिएको हो । आउँदो २ वर्षभित्र भवन निर्माण सकिने गुरुङले जानकारी दिए । उद्घाटनकै अवसरमा रोटरी इन्टरनेशनल र क्रियट होप इन द वर्ल्डले मेडिकल सामग्री सहयोग गरेको छ । अस्पताललाई आवश्यक पर्ने भिडियो एक्सरे मेसिन, एक्सरे मेसिन, इसिजि, बिरामी शय्या र प्रसूति शय्याका लागि आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो ।
रोटरी क्लब अफ पोखरा अन्नपूर्णले होस्ट क्लबको रूपमा स्वास्थ्य सामग्री सहयोग गरेको पालिकाका स्वास्थ्य प्रमुख गोपालचन्द्र बरालले जानकारी दिए । सबै सामग्रीहरु कोरियाको आरआइ डिस्ट्रिक ३६९०, रोटरी क्लब अफ याङ्जुले सहयोग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण