शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम

शुक्रबार, १५ मङ्सिर २०८०, ११ : १९
शुक्रबार, १५ मङ्सिर २०८०

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ बढ्दै १ हजार ५ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ लाख ५ सय २० रुपैयाँमा कारोबार भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप