बुबाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
शुक्रबार, १५ मङ्सिर २०८०, १३ : ०२
रसुवा । जिल्लाको गोसाईंकुण्ड गाउँपालिकामा बुबाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । गोसाईंकुण्ड गाउँपालिका–५ सानो भार्खुका स्थानीय ६५ वर्षीय छेवाङ तामाङको हत्या गरेको अभियोगमा ४० वर्षीय गोपाल तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
गोपालले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गर्दा छेवाङ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते छेवाङको जिल्ला अस्पताल धुन्चेमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरी चौकी स्याफ्रुवेशीबाट खटिएको प्रहरीले गोपाललाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण