छुरा प्रहारबाट ज्यान गुमाएका क्षेत्रीको परिवारलाई पोर्चुगलबाट आर्थिक सहयोग
भरत प्रधान
लिस्बन । । साथीको छुरा प्रहारबाट गत साता पोर्चुगलमा ज्यान गुमाएका कुस्मा नपा– १३, खौला, पर्वतका धन बहादुर क्षेत्रीको परिवारलाई पोर्चुगलबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपालीहरूको संस्था नेप्लिज वुमन एशोसिएसन, पोर्चुगलले क्षेत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
संस्थाले मृतक क्षेत्रीकी श्रीमती सरस्वती क्षेत्रीलाई रेमिटेन्स मार्फत ५० हजार नेपाली रुपैयाँ नगद रकम सहयोग प्रदान गरेको संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिए ।क्षेत्रीको निधन सँगै घरपरिवार बिचल्लीमा परेको र परिवारको आर्थिक अवस्था समेत निकै कमजोर रहेका कारण उनको परिवारलाई थोरै मात्र भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको अधिकारीले बताइन् ।
संस्थाले तिहारको अवसरमा पोर्चुगलमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकम मध्येबाट सहयोग स्वरूप सो रकम नेपाल पठाइएको उनले बताइन् । पोर्चुगलमै अस्ताएका धनबहादुरको परिवारमा वृद्ध बुवा आमा, श्रीमती र चार स–साना छोराछोरी रहेका छन् । उनको निधन सँगै क्षेत्रीको परिवारमा आयआर्जनको बाटो समेत बन्द भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण