शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

छुरा प्रहारबाट ज्यान गुमाएका क्षेत्रीको परिवारलाई पोर्चुगलबाट आर्थिक सहयोग

शनिबार, १६ मङ्सिर २०८०, १९ : ५५
शनिबार, १६ मङ्सिर २०८०

भरत प्रधान

लिस्बन । । साथीको छुरा प्रहारबाट गत साता पोर्चुगलमा ज्यान गुमाएका कुस्मा नपा– १३, खौला, पर्वतका धन बहादुर क्षेत्रीको परिवारलाई पोर्चुगलबाट आर्थिक सहयोग प्रदान गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपालीहरूको संस्था नेप्लिज वुमन एशोसिएसन, पोर्चुगलले क्षेत्रीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको हो । 

संस्थाले मृतक क्षेत्रीकी श्रीमती सरस्वती क्षेत्रीलाई रेमिटेन्स मार्फत ५० हजार नेपाली रुपैयाँ नगद  रकम सहयोग प्रदान गरेको संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीले जानकारी दिए ।क्षेत्रीको निधन सँगै घरपरिवार बिचल्लीमा परेको र परिवारको आर्थिक अवस्था समेत निकै कमजोर रहेका कारण उनको परिवारलाई थोरै मात्र भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग रकम प्रदान गरिएको अधिकारीले बताइन् । 

संस्थाले तिहारको अवसरमा पोर्चुगलमा देउसी भैलो खेलेर सङ्कलन गरेको रकम मध्येबाट सहयोग स्वरूप सो रकम नेपाल पठाइएको उनले बताइन् । पोर्चुगलमै अस्ताएका धनबहादुरको परिवारमा वृद्ध बुवा आमा, श्रीमती र चार स–साना छोराछोरी रहेका छन् । उनको निधन सँगै क्षेत्रीको परिवारमा आयआर्जनको बाटो समेत बन्द भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप