राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा बस्ने
आइतबार, १७ मङ्सिर २०८०, ०८ : ४९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्नुहुने बताइएको छ ।
बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ ।
यो प्रत्येक तीन–तीन महिनामा बस्ने नियमित बैठक भएकोसमेत महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । मङ्सिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ बन्द हुने
-
ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने
-
पठाओ राइडरको नागरिकता दुरुपयोग गरेर ३ करोड ३७ लाख ठगी
-
बागमतीमा संसदीय समितिका सभापति चयन गर्ने तयारी
-
अलपत्र ‘दलित अधिकार’ विधेयक अघि बढाउने मन्त्री शाहीको प्रतिबद्धता
-
कर्णाली एमालेमा विवाद : अध्यक्ष ओलीसँग शाहको गुहार