रियलको सहज जीत, शीर्ष स्थानमा कायम
मड्रिड । सङ्घर्षरत ग्रानाडामाथि २–० को सहज जीत हासिल गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि जिरोनाले भ्यालेन्सियालाई २–१ गोलले हराएपछि रियल दोस्रो स्थानमा झरेको थियो ।
खेलको २६ औँ मिनेटमा टोनी क्रुसको उत्कृष्ट पासमा ब्राहिम डियाजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५७ औँ मिनेटमा जुड बेलिङह्यामको प्रहारलाई जिरोनाका गोलकिपरले रोके पनि रिबाउन्डमा रोड्रिगोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
कार्लो एन्चेलोटीको टोलीले सबै प्रतियोगितामा लगातार पाँचौँ जीत हासिल गरेको छ । टोलीका शीर्ष खेलाडीहरू भिनिसियस जुनियर, लुका मोड्रिच र एडवार्डो कामाभिंगा घाइते हुँदै मैदान बाहिर रहे पनि टोली आफ्नो घरेलु मैदानमा यस सिजन अपराजित रहेको छ ।
१५ खेलपछि रियल र जिरोनाको समान ३८ अङ्क रहे पनि रियल गोल अन्तरको आधारमा अघि रहेको छ । तेस्रो स्थानमा एक खेल कम खेलेको एट्लेटिको मड्रिड रहेको छ । टोलीको ३१ अङ्क रहेको छ । चौथो स्थानमा रहेको बार्सिलोनाको पनि समान ३१ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण