आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सकियो कपिल शर्मा र सुनिल ग्रोवरको झगडा

आइतबार, १७ मङ्सिर २०८०, १२ : ४४
आइतबार, १७ मङ्सिर २०८०

नयाँ दिल्ली । कमेडियन कपिल शर्मा र सुनिल ग्रोवरबीच वर्षौदेखि चलिरहेको झगडा अब भने समाप्त भएको छ । नेटफ्लिक्सको अपकमिङ शोमा दुबै जनासँगै देखिदैंछन् । यी दुई आफ्नो पुरानो टिमसँग पुनः साथसाथ नयाँ शोमा आउन लागेका हुन् । 

दुबैका फ्यानहरूका लागि यो निकै खुसीको खबर हो । गएको ६ वर्षदेखि यी दुईबिच झगडा चलिरहेको थियो । दुवैले कपिल शर्मा शोमा सँगै काम गरेका थिए । तर एउटा झगडाका कारण दुवैको सम्बन्ध बिग्रिएको थियो । 

नयाँ प्रोजेक्टमा साथ देखिदैंछन् कपिल र सुनिल

नेटफ्लिक्सले यो खबरलाई औपचारिक रुपमा शेयर गरेको छ । एउटा भिडियोमा कपिलको साथमा सुनिल देखिएका छन् । भिडियोको शुरुआतमा दुवैले फरक अन्दाजमा इन्ट्रोडोक्शन दिएका छन् । फ्यानहरूलाई नयाँ प्रोजेक्ट आउन लागेको सन्देश दिएका छन् । कुराकानी गर्ने क्रममा हामी १९० भन्दा धेरै देशमा आउने वाला छौं भनेर कपिलले भनेका छन् । 

त्यसको उत्तरमा सुनिलले चाँहि हामी अस्ट्रेलिया जाँदैनौ भन्छन् । तर कपिलले होइन अस्ट्रेलिया त जाने हो, त्यहाँ मानिसहरू हामीलाई कुरिरहेका छन् भन्छन् । यो सुनेर सुनिलले एउटा शर्त राख्छन्, हवाईजहाजबाट होइन, सडक भएर जाने  । शोमा यी दुईको साथमा राजीव ठाकुर, किकु शारदा, अर्चना पूरन सिंह र कृष्णा अभिषेक पनि देखिदैंछन् ।

किन भएको थियो दुईबिच झगडा ?

कपिल र सुनिलबीच ६ वर्षअघि अष्ट्रेलियाबाट फर्किने क्रममा फ्लाइटमा झगडा भएको थियो । ह्विस्कीको पूरै बोतल सिध्याएर बसेका कपिलले नशाको तालमा कपिल शर्मा शोका अन्य सदस्यहरूसँग दूर्व्यवहार गरेका थिए । सुनिलले सम्झाउन खोज्दा उल्टै उनलाई जुत्ताले हानेर तथानाम गाली गरेका थिए । कपिल शर्मा शो भनेर पूरै शोलाई कपिलको नाम दिइएको भएपनि सुनिल शोका महत्त्वपूर्ण हिस्सा थिए । सुनिलले निर्वाह गरेका गुत्थी, डाक्टर मशहुर गुलाटीजस्ता पात्रहरु निकै चर्चित र लोकप्रिय बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप