सङ्गीतकार श्रेष्ठलाई ‘पाठक कला सङ्गीत सम्मान– २०७९’ प्रदान
आइतबार, १७ मङ्सिर २०८०, १४ : १४
काठमाडौँ । विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ ‘पाठक कला सङ्गीत सम्मान– २०७९’द्वारा सम्मानित भएका छन् । देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले उनलाई आफ्नो १३औँ वार्षिकोत्सवको अवसरमा नगद सहित सम्मान गरेको हो ।
श्रेष्ठले नेपालको साङ्गीतिक पृष्ठभूमि भित्र गीतसङ्गीत र साहित्यलाई थप उचाइमा पुर्याउनका लागि अनवरत रूपमा गायन तथा सङ्गीतको क्षेत्रमा कार्यरत रहँदै आएको भन्दै मञ्चले श्रेष्ठलाई सम्मान गरेको हो । श्रेष्ठलाई नेपाल संस्कृति विश्व विद्यालयका उपकुलपति प्रा.डा.यादव प्रकाश लामिछानेले उक्त सम्मान प्रदान गरे ।
कार्यक्रममा संस्थाको नवनिर्मित भवन समेत उद्घाटन भएको थियो । सोही अवसरमा दाङका अन्य स्रष्टालाई समेत सम्मान गरिएको थियो ।कार्यक्रम देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चका अध्यक्ष हरि पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण