शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

घटेर बन्द भयो नेप्से, ९६ करोडको कारोबार

आइतबार, १७ मङ्सिर २०८०, १६ : २२
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ७.२९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक ०.३९ प्रतिशतले खुम्चिएको हो । ७ अंकले घटेर बन्द भएसँगै परिसूचक १८५१ अंकमा आएर रोकिएको छ ।

यसक्रममा आज ३४ लाख १९ हजार कित्ता सेयर किनबेच भएर ९६करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । ९४ कम्पनीको सेयर मूल्य घट्दा १३६ कम्पनीको भने घटेको छ । यस्तै, १० कम्पनीको मूल्यमा कुनै पनि घटबढ भएको छैन ।

परिसूचक घटेपनि आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.६३ प्रतितशले बढेको छ । यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समेत ९.०४ प्रतिशतले बढेको छ । आज माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घट्दा युनाइटेड आईडीआई मार्दिी आरबी हाइड्रोपावरको समेत सोही प्रतिशतले मूल्य घटेको छ ।

यसबाहेक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्यमा भने ९.९८ प्रतिशतको गिरावट आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप