घटेर बन्द भयो नेप्से, ९६ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ७.२९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक ०.३९ प्रतिशतले खुम्चिएको हो । ७ अंकले घटेर बन्द भएसँगै परिसूचक १८५१ अंकमा आएर रोकिएको छ ।
यसक्रममा आज ३४ लाख १९ हजार कित्ता सेयर किनबेच भएर ९६करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । ९४ कम्पनीको सेयर मूल्य घट्दा १३६ कम्पनीको भने घटेको छ । यस्तै, १० कम्पनीको मूल्यमा कुनै पनि घटबढ भएको छैन ।
परिसूचक घटेपनि आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.६३ प्रतितशले बढेको छ । यस्तै, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य समेत ९.०४ प्रतिशतले बढेको छ । आज माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले घट्दा युनाइटेड आईडीआई मार्दिी आरबी हाइड्रोपावरको समेत सोही प्रतिशतले मूल्य घटेको छ ।
यसबाहेक, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको सेयर मूल्यमा भने ९.९८ प्रतिशतको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण