आईपीएलको ‘अक्सन’ दुबईमा हुने
आइतबार, १७ मङ्सिर २०८०, १६ : ४२
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को ‘अक्सन’ (लिलामी) दुबईमा हुने भएको छ । आइतबार अक्सन हुने स्थानबारे आईपीएलले ‘एक्स’ मार्फत जानकारी दिएको हो । दुबईको एउटा भवनको तस्बिरसहित आईपीएलले ‘एक्स’मा लेखेको छ, ‘तपाईंहरु तयार हुनुहुन्छ ?’
अक्सन आगामी पुस ३ गते हुने जनाइएको छ । मङ्सिर १० गते आईपीएलका सबै टिमले रिलिज र रिटेन गरेका खेलाडीको सूची सार्वजनिक गरेका थिए । आईपीएलमा १० फ्रेन्चाइजीले कुल ७७ खेलाडी लिन बाँकी छ ।
शुक्रबार आईपीएलले सबै फ्रेन्चाइजीलाई एक हजार १६६ खेलाडीको सूची बुझाएको छ, जो आईपीएलमा लिलामीका लागि आफ्नो नाम दर्ता गराएका छन् । तीमध्ये एसोसिएट देशका ४५ खेलाडी छन् । यस्तै अन्क्याप्ड (आफ्नो मुलुकको राष्ट्रिय टिममा नखेलेका) ९०९, भारतकै राष्ट्रिय टिममा खेलिसकेका १८ खेलाडी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण