नक्कली भुटानी शरणार्थी प्रकरण
शमशेर मियाँसमेत ४ जनालाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइँदै
आइतबार, १७ मङ्सिर २०८०, १८ : ३०
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेश अनुसार धरौटी बुझाएका ३ जना आइतबार थुनामुक्त हुन पाएनन् । उच्चको आदेश अनुसार धरौटी बुझाएका शमशेर मियाँ, नरेन्द्र केसी र हरिभक्त महर्जन आइतबार थुनामै रहेका हुन् । साधारण तारेखमा रिहा गर्न आदेश भएका आशिष बुढाथोकी पनि थुनामै छन् ।
धरौटी तिरेका ३ जना र आशिष बुढाथोकीलाई अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउनुपर्ने भएको हुनाले थुनामै राखिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले रातोपाटीलाई बताए । आइतबार उनीहरूलाई तारेखका लागी कारागार प्रशासनले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
कार्यालय समय सकिएको हुनाले उनीहरूलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराएन नसकिएको जेलर बस्नेतले जानकारी दिए । उनले भने–‘अर्को दिन सम्पत्ति शुद्धीकरण र अख्तियारमा पठाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण