अन्तिममा दुई गोल गर्दै लिभरपुलको उत्कृष्ट पुनरागमन
एनफिल्ड । सात गोलको थ्रिलरमा लिभरपुलले उत्कृष्ट पुनरागमन गर्दै फुलह्यामलाई ४–३ गोल अन्तरले हराएको छ । आफ्नो घरेलु मैदानमा ८७ औँ मिनेटसम्म २–३ गोलले पछि परेको लिभरपुलका लागि वाटारु इन्डो र ट्रेन्ट अलेक्सान्डर आर्नोल्डले एक मिनेटको अन्तरमा दुई गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका हुन् ।
यसअघि खेलको २० औँमा गोलकिपर बर्नाड लेनोले आत्मघाती गोल गरेपछि लिभरपुलले खेलमा अग्रता लिएको थियो । तर, लगत्तै ह्यारी विल्सनले फुलह्यामलाई खेलमा फर्काए । ३८ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले पुनः लिभरपुललाई अग्रता दिलाए पनि पहिलो हाफको इन्जुरी समयमा केनी टेटले पुनः खेल बराबरी गरे ।
दोस्रो हाफको ८० औँ मिनेटमा बबी डी कोरडोभाले फुलह्यामलाई अप्रत्याशित अग्रता दिलाउँदै टोलीलाई जीतको आशा देखाए । तर, खेलको अन्त्यमा एन्डो र अर्नोल्डले गोल गर्दै लिभरपुललाई शानदार जीत दिलाए ।
जीतसँगै लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । १४ खेलबाट टोलीको ३१ अंक रहेको छ । फुलह्याम भने १५ अंकसहित १४ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण