लुम्बिनी सरकार विस्तारको तयारीमा मुख्यमन्त्री चौधरी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।
लामो समयदेखि लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ हुँदा धेरै आलोचना खेपेका मुख्यमन्त्री चौधरीले पार्टीको प्रदेश सम्मेलन सकिएलगत्तै सरकार विस्तारको तयारी गरेका हुन् । दुईतीन दिनभित्रै मन्त्री थपिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले रातोपाटीलाई बताए ।
दलीय सहमति अनुसार मन्त्रालय भागबन्डा गर्दा अब नेपाली कांग्रेसले ३ र माओवादी केन्द्रले २ मन्त्री पाउने थिए । यसका लागि मन्त्रालय विभाजन गर्नुपर्ने थियो । तर नेपाली कांग्रेसले मन्त्रालय विभाजन गर्दा प्रदेशप्रति नकारात्मक सन्देश जाने भन्दै हाल कायम मन्त्रालय अनुसार नै सरकार विस्तार गर्न सुझाव दिएको छ । सोही अनुसार अब कांग्रेसले २ र माओवादीले एक मन्त्रालय थप पाउने छन् ।
कांग्रेसले सम्हाल्ने थप दुई मन्त्रालयमध्ये एउटा मन्त्रालय भने मुख्यमन्त्री चौधरी आफैले सम्हाल्ने जनाइएको छ । मुख्यमन्त्री प्रेस सल्लाहकार भट्टराईले भने, ‘एक जना माओवादीबाट र एक जना नेपाली कांग्रेसबाट मन्त्री थपिने छन् । एउटा मन्त्रालय मुख्यमन्त्रीज्यूसँगै रहन्छ, तर कुन मन्त्रालय कसलाई दिने र मुख्यमन्त्रीले कुन मन्त्रालय राख्ने भन्ने अझै टुङ्गो लगाउन बाँकी छ । त्यो पनि एकदुई दिनभित्रै टुङ्गिन्छ ।’
अहिले लुम्बिनी प्रदेशमा १० मन्त्रालय छन् । जसमा मुख्यमन्त्रीले ३ मन्त्रालय सम्हालेका छन् । मन्त्रिपरिषदमा कांग्रेसबाट राजु खनाल स्वास्थ्य र माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री छन् । सानादलबाट भण्डारी लाल अहिर कृषि तथा भूमि व्यवस्था, चन्द्रकेश गुप्ता सामाजिक विकास र धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास मन्त्री छन् ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमल्सिनाले चाँडै प्रदेश सरकारले पूर्णता पाउने बताए ।
गत वैशाखमा कांग्रेस, माओवादीसहित आठ दल र एक स्वतन्त्र सांसद गरी ५३ जनाको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठन भएको थियो । यद्यपि सरकारले पूर्णता पाउन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण