बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक छ : नेतान्याहु
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताएका छन् । उनले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई फिर्ता बोलाएपछि इजरायलको स्थल कारबाही जारी नराखी गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव हुने बताएका हुन् ।
शुक्रबार सात दिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११०बन्धकहरूलाई रिहा गरिएको थियो । नेतन्याहुका अनुसार गाजामा हमास र अन्य लडाकुहरूले लगभग १३५ जनालाई अझै पनि बन्दी बनाएका छन् । उनले इजरायली रक्षा बल (आईडीएफ) लाई तीव्रताका साथ लडाई सुरु गर्न निर्देशन दिएको बताए ।
इजरायलले युद्धग्रस्त गाजा पट्टीमा अक्टोबर ७ यता करिब एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ । गाजामा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द्व सुरु भएदेखि गाजामा कुल १५ हजार २ सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँग लामो सैन्य भिडन्तको तयारीमा इजरायल
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण