प्रहरीको पोशाक प्रयोग गरेकोप्रति माफी माग्दै सुशान्तले हटाए भिडियो
काठमाडौँ । गायक सुशान्त केसीले आफ्नो गीत ‘झ्याल बाट’ गीतको भिडियो युट्युबबाट हटाएका छन् । अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएको भन्दै उनले भिडियो हटाएका हुन् । उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना प्रहरीको पोशाक प्रयोग भएकोप्रति माफी मागेका छन् ।
उनले भनेका छन्, ‘हाम्रो भिडियोमा पुलिसको युनिफर्म प्रयोग भएको थियो । केही निश्चित दृश्यका लागि हामीले नेपाल पुलिसबाट अनुमति लिनुपर्ने भयो । त्यसैले अहिलेका लागि भिडियो हटाउनुपर्ने भयो । अब हामीले के गर्ने भनेर सोचिरहेका छौँ टिमसँग बसेर । सुट गरिरहेका छौं । थप जानकारी दिने नै छौं ।’
गीतमा अभिनेत्री उपासनासिंह ठकुरी नेपाल प्रहरीको पोशाकमा देखिएकी छन् । भिडियोमा हिरासतमा परेका सुशान्तले महिला प्रहरीको भूमिकामा रहेकी उपासनालाई जिस्काएको देखाइएको छ ।
केही अगाडि गायक प्रकाश सपुतले सार्वजनिक गरेको म्युजिक भिडियोमा प्रहरीको पोशाक प्रयोग गरिएको एक दृश्य पनि विवादित भएको थियो । उक्त दृश्यपछि प्रहरी प्रधान कार्यालयले विज्ञप्ति पनि जारी गर्दै भिडियोमा नेपाल प्रहरी पोशाक प्रयोग गर्दा अनुमति अनिवार्य भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण