शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्से सूचक ३ अंकले घट्यो, १ अर्ब १९ करोडको कारोबार

सोमबार, १८ मङ्सिर २०८०, १५ : २१
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ३ अंकले घट्दै १८ सय ४७.८१ अंकमा ओर्लिएको छ । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.२ अंकले घट्दै ३५३.२१ अंकमा झरेको छ । 

आज डेभलपमेन्ट बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । 

३ अंकले नेप्से घटेको बजारमा आज १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप