सम्पादकहरुसँग छलफल
अर्थतन्त्र सुधारका लागि सरकार ‘फाइनल टच’को तयारीमा
सोमबार, १८ मङ्सिर २०८०, १६ : २४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि सरकार ‘फाइनल टच’ को तयारीमा रहेको बताएका छन् । सोमबार विभिन्न मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशमा विद्यमान विभिन्न समस्या सुधारका काम गरिरहेको दाबी गरे ।
उनले वित्तीय संकट सामना गर्न सरोकारवालासँग छलफल गरिएको र केही निष्कर्ष निकालिएको जानकारीसमेत दिए ।

अर्थतन्त्रका कारण सरकार संकटमा नरहेको तर व्यवहारमा केही समस्या देखिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । व्यापार व्यवसायको स्थिति खराब रहेको, सटरहरु बन्द हुँदै गएको अवस्थालाई अन्त्य गर्नका लागि सरकारले चाँडै विशेष कदम चाल्ने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण